बुद्ध पूर्णिमाको अवसरमा बागडोग्रामा शोभायात्रा

Capture2-16.png

बागडोग्रा: बुद्ध जयन्ती सम्पूर्ण राज्यका साथै बागडोग्रामा पनि रीतिरिवाज र परम्पराका साथ मनाइयो। आज बिहान बागडोग्राको दरागाउँस्थित बुद्ध मन्दिरबाट रंगारंग शोभायात्रा निकालिएको थियो जसले बागडोग्राका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। उक्त शोभायात्रामा ठूलो संख्यामा बौद्ध समुदायको सहभागिता रहेको थियो। बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक बोकेको शोभायात्रामा महिलाहरुको सहभागिता रहेको थियो। आज दिनभर विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ।

About Author

Advertisement