सिक्किमबाट चोरी भएको लाखौंको सुनका गहना सिलगढीबाट बरामद

IMG-20240523-WA0307.jpg

सिलगढी: सिक्किम पुलिसले प्रधान नगर पुलिस स्टेशनको सहयोगमा चोरीको एक घटनामा लाखौं रुपियाँको सुनका गहना बरामद गरेको छ। तर, चोर भने अझै पुलिसको हरत पर्न सकेको छैन। जसको खोजी भइरहेको छ। प्राप्त जानकारी अनुसार सिक्किमको गान्तोकस्थित तिब्बत रोडमा बस्ने एक व्यक्तिको घरबाट गत मई १९ मा चोरीको घटना भएको थियो। घरबाट सुनका गरगहना र सामानसहित कुल १४ लाख रुपियाँ चोरी भएको छ। यो घटना उनको घरमा बस्ने सिलगढीका एक युवकले गरेको आरोप छ। घटनापछि युवक फरार छन्। त्यसपछि घरधनीले सिक्किम सदर पुलिस थानामा चोरीको लिखित उजुरी दिएका थिए। घटनाको अनुसन्धानको क्रममा सिक्किम पुलिसले चोरी गर्ने अपराधी सिलगढीमा रहेको थाहा पायो।यसपछि सिक्किम पुलिसले प्रधान नगर पुलिस स्टेशनमा सम्पर्क गर्‍यो। त्यसपछि प्रधाननगर थानाका अपराध महाशाखाका इन्चार्ज गौतम मल्लिकको नेतृत्वमा मुद्दाको अनुसन्धान सुरु भएको थियो।

अपराध महाशाखाको टोलीले चोरको पहिचान गरी बुधबार मध्यपलासस्थित उनको घरमा छापा मारेको थियो।
सोही अवधिमा घरबाट ९७ ग्राम सुनका गरगहना बरामद भएको थियो। जसको बजार मूल्य करिब सात लाख रुपियाँ रहेको छ। तर, चोर पक्राउ पर्न सकेको छैन । उनको खोजी कार्यमा प्रधाननगर पुलिस थानाको अपराध महाशाखाको टोली खटिएको छ। त्यसपछि प्रधान नगर थानाको पुलिसले बरामद सुनका गहना सिक्किम पुलिसलाई बुझायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement