भारतको प्रशिक्षक पदको निम्ति आवेदन गरेनन् एण्डी फ्लावरले

IMG-20240523-WA0179.jpg

अहमदाबाद: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का मुख्य प्रशिक्षक एण्डी फ्लावरको भारतीय पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक पदको निम्ति दावेदारी पेश गर्ने कुनै योजना रहेको छैन। आरसीबी-ले प्लेअफ्-बाट बिदा लिएपछि जिम्बाब्वेका पूर्व कप्तानले यसबारे पुष्टि गरे। भारतीय क्रिकेट टीमका वर्तमान प्रशिक्षक राहुल द्रविड़ले टी२० वर्ल्ड कपपछि पद छोड़्नेछन् अनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-ले २७ मईसम्म नयाँ प्रशिक्षक नियुक्त गर्न आवेदन आमन्त्रित गरेको छ। फ्लावरले भने, मैले आवेदन गरिनँ। म गर्ने पनि छुइनँ। म अहिले फ्रेञ्चाइजी लीगहरूमै खुशी छु। प्रशिक्षक पदको निम्ति केही दिन अघि पूर्व भारतीय क्रिकेट गौतम गम्भीरसँग सम्पर्क गरिएको खबर प्रकाशमा आएको थियो तर यसबारे दुवै पक्षले अहिलेसम्म कुनै पुष्टि गरेको छैन। ईंग्ल्याण्ड टेस्ट टीमका सफल प्रशिक्षक रहने फ्लावरकै मार्गदर्शनमा २०१२-मा एलिस्टेयल कुकको कप्तानीमा रहने टीमले भारतमा टेस्ट सीरीज जितेर इतिहास रचेको थियो। फ्लावर यसअघि आईपीएलमा लखनऊ सुपर जाइण्ट्सको प्रशिक्षक रहेका थिए अनि अहिले विश्वभरि विभिन्न फ्रेञ्चाइजी लीगहरूमा सक्रिय छन्। फ्लावरले बताएअनुसार, उनी अहिले कुनै राष्ट्रिय टीमबाट सालमा १० महिना काम गर्ने विषयमा विचार गरिरहेका छैनन्। उनले भने, अहिले म केही असाधारण संगठनहरूसँग काम गरिरहेको छु अनि त्यसैमा खुशी छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement