मुख्यमन्त्रीले दिए स्यादर पिदरको   हार्दिक बधाई एवं शुभकामना

photocollage_2024523183821386.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले स्यादर पिदरको शुभ अवसरमा सिक्किमका जनसाधारण विशेषरूपमा सुनुवार समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्, उभौली पूजाको रूपमा पनि चिनिने स्यादर पिदर सुनुवार समुदायद्वारा मनाइने जीवन्त उत्सव हो।

यस पर्वले सकारात्मकता, भ्रातृत्व र सद्भाव झल्काउॅंछ जुन हाम्रो सांस्कृतिक परम्पराका लागि आवश्यक छ। मुख्यमन्त्री तामाङले यस विशेष दिनमा सम्पूर्ण सिक्किमेहरूको कल्याणको निम्ति प्रार्थना गर्दै सबैका लागि शान्ति, प्रगति र समृतिको कामना गरेका छन्।

About Author

Advertisement