पटना: बिहारमा जनता दल युनाइटेड (जेडीयु) र भारतीय जनता पार्टी (भाजपा) बीच चिरा पर्ने संकेत देखिएको छ। मुख्यमन्त्री नितिश कुमारले आज विधायक र सांसदहरूको बैठक बोलाएका छन्। राजद प्रमुख लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले ट्वीटमार्फत ठूला संकेत दिएकी छन्। उनले भिडियोसँगै लेखेकी छिन्, ‘राज्याभिषेकको तयारी गर्दै गर्नुहोस् आउँदैछन् लालटेनधारीl’










