गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा चलिरहको सी डिभिजन एस लिग २०२३-२४ अन्तर्गत आज खेलिएका खेलहरूमा पेगोङ एससी र सिक्किम ड्रेगन्स विजय बनेका छन्। पहिलो खेल पेगोङ एससी र छुजाचेन स्पोर्ट्स एकाडेमीबिच खेलियो।
पेगोङको तर्फबाट बिश्वद्वीप लिम्बू, लेन्डुप लेप्च र छोपेल लेप्चाले एक-एक गोल गरे। छुजाचेनको तर्फबाट एक्लो गोल बिशाल सुब्बाले गरे। विजेता दलका खेलाडी पाल्जोर लेप्चालाई प्लेयर अफ् द म्याच घोषित गरियो।
दोस्रो खेल सिक्किम ड्रेगन्स र युनाइटेड पाचेखानी एससीबिच सम्पन्न भयो। यस खेलमा एकमात्र गोल रोनान राज प्रधानले गरेर सिक्किम ड्रेगन्सको जित सुनिश्चित गरे। विजेता दलका खेलाडी टाशी पालजङ भोटियालाई प्लेयर अफ द म्याच घोषित गरियो।
भोलि हेलस्टोन एफसी बनाम जेभीसी सिङतामबिच पहिलो खेल र दोस्रो खेल माझीटार एससी र डेन्जोङ बोइज एफसीबिच खेलिने छन्।











