कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

kailash-sirohiya-kantipur

काठमाडौं: नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। उनलाई पक्राउका लागि गएको टोलीले कार्यकक्षमा पुगेर पुर्जी थमाएको थियो। पुर्जी दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेको हो। यसअघि पुलिस टोलीले सिरोहियालाई सञ्चारमाध्यममा आफ्ना भनाइ राख्न मागेको समय दिएको थियो। दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला पुलिस कार्यालय धनुषामा उजुरी परेको थियो। सिरोहियाविरुद्ध नागरिकता ऐनअनुसार कारबाहीका लागि सर्लाहीका इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement