निर्वाचन आयोगद्वारा अभिजीत गांगुलीलाई २४ घण्टा चुनाव प्रचार लगाइयो रोक

Abhijit-Gangopadhyay-copy

कोलकाता: कोलकाता उच्च अदालतका पूर्व न्यायाधीश र तमलुक सीटबाट भाजपा उम्मेदवार अभिजीत गंगोपाध्याय विवादमा फसेका छन्। निर्वाचन आयोगले गंगोपाध्यायको चुनाव प्रचारप्रसारमा २४ घण्टा रोक लगाएको छ। निर्वाचन आयोगले अभिजीतको टिप्पणीलाई निम्न स्तरको व्यक्तिगत आक्रमण र महिलाको सीधा अपमान भएको भन्दै निन्दा गरेको छ। टीएमसीले अभिजीत विरुद्ध चुनाव आयोगमा उजुरी गरेको थियो। टीएमसीले गंगोपाध्यायले सीएम ममता बनर्जीको बारेमा अपमानजनक टिप्पणी गरेको बताएको छ।

About Author

Advertisement