कोपा अमेरिका अघि मैत्री म्याचहरूका निम्ति अर्जेण्टिनाई टीममा लियोनल मेस्सीलाई स्थान

IMG-20240521-WA0377.jpg

ब्यूनस आयर्स: वर्ल्ड कप विजेता कप्तान तथा इण्टर मियामीका दिग्गज फूटबलर लियोनल मेस्सीले कोपा अमेरिका प्रतियोगिता अघि आउँदो मैत्री म्याचहरूका निम्ति अर्जेण्टिनाको २९ सदस्यीय टोलीको नेतृत्व गर्नेछन्। ईएसपीएन-को रिपोर्ट अनुसार, वर्तमान वर्ल्ड कप र कोपा अमेरिका च्याम्पियन अर्जेण्टिनाले ९ जूनमा शिकागोको सोल्जर फील्डमा इक्वाडोरको चुनौती स्वीकार्नेछ। त्यसको ५ दिन पछि मेरील्याण्डको ल्याण्डओवरमा ग्वाटेमाला विरुद्ध म्याच रहेको छ। प्रतिष्ठित कोपा अमेरिका फूटबल टुर्नामेण्टको आयोजन २० जूनदेखि अमेरिकामा हुनेछ। फाइनल १४ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा अर्जेण्टिना वर्तमान च्याम्पियन हो। टीमले २०२१-मा खिताब जितेको थियो। अर्जेण्टिना अहिले सर्वाधिक १५ पल्ट कोपा अमेरिकाको खिताब जित्ने मामिलामा उरुग्वेको बराबरीमा रहेको छ। लियोनल स्कालोनीको प्रशिक्षणमा रहने टीममा कतरमा २०२२ फिफा वर्ल्ड कप विजेता टीमका २६-मा २२ जना खेलाड़ी रहेका छन्, जसमा मेस्सी र एञ्जेल डी मारिया प्रमुख हुन्। यसरी पाउलो डिबाला (एएस रोमा), जुआन फोयथ (भिल्लारियल) र थियागो अल्माडा (अटलाण्टा युनाइटेड एफसी) जस्ता खेलाड़ीहरूले चाहिँ टीममा स्थान पाएनन्।
टीमले १५ जूनसम्म कोपा अमेरिकाको निम्ति आफ्नो अन्तिम टीमको सूची जमा गर्नु पर्नेछ, जसमा प्रत्येक टीममा २६ जना खेलाड़ी हुनेछन्। दक्षिण अमेरिकी फूटबल परिसंघ (कनमेबोल)-ले यसको पुष्टि गरेको छ।
अर्जेण्टिनाई टीमः
गोलकीपरः एमिलियानो मार्टिनेज, फ्रेंको अरमानी, गेरोनिमो रुली।
डिफेण्डरः गोञ्जालो मोण्टिएल, नहुएल मोलिना, लियोनार्डो बालेरडी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज क्वार्टा, निकोलस ओटामेण्डी, लिसेण्ड्रो मार्टिनेज, मार्कोस एक्यूना, निकोलस टेग्लियाफिको, भेलेण्टिन बारको
मीडफिल्डरः गुईडो रोड्रिग्ज, लिएण्ड्रो पेरेडेस, एलेक्सिस म्याक एलिस्टर, रोड्रिगो डी पल, एक्सक्विएल पलासिओस, एञ्जो फर्नाण्डेज, जियोवानी लो सेल्सो, भेलेण्टिन कार्बोनी।
फरवर्डः एञ्जेल डी मारिया, लियोनल मेस्सी, एञ्जेल कोरेआ, एलेहान्द्रो गारनाचो, निकोलस गोञ्जालेज, लौटारो मार्टिनेज र जूलियन अल्वारेज

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement