मतिगढा सिटी सेन्टर नजिक चम्टा रेलवे लाइन जंगलबाट युवतीको शव उद्धार

IMG-20240521-WA0338.jpg

मतिगढा: सिलगढी मेट्रोपलिटन पुलिस अन्तर्गत सिटी सेन्टर नजिक चम्टा रेलवे लाइन किनारबाट आज एकजना युवतीको रहस्यमय अवस्थामा शव उद्धार भएकाे छ। इलाकामा फैलियो सनसनी। मृतकको पहिचान कविताको रूपमा गरिएको छ। मृतक युवती फ्याँकेका पुराना सर-सामानहरू मैलाहरूबाट उठाउने गर्थे। घटनाक्रम अनुसार, आज बिहान स्थानीय मानिसहरूले चम्टा रेलवे ब्रिज संलग्न जंगलमा एकजना युवतीको शव देखे। यसपछि  उनीहरुले नजिकैको मतिगढा थाना पुलिसलाई यसबारे जानकारी दिए। घटनाको सूचना पाउन साथ पुलिस घटनास्थलमा पुगेर युवतीको शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।  

पुलिस सूत्र अनुसार, मृतकको टाउकोमा चोटको निशान छ भने हात अनि खुट्टाको हड्डीहरू पनि भाँचिएको छ। यसले गर्दा सम्भवत: ट्रेनको धक्का लागेर युवतीको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। तथापि,पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको वास्तविक जानकारी थाहा लाग्ने पुलिसले जनाएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement