झापा:आदिवासी समुदाय अन्तर्गत राजवंशी, ताजपुरिया र गन्गाई जातिको आफ्नो कुल गुरु (गुरुगसई र गइन गसई)हरु बीच अन्तरक्रियात्मक कार्यक्रमको पहिलो दिन हिजो मई २० मा सम्पन्न भएको छ। झापा, मोरङ्ग र सुनसरी जिल्लामा छरिएर बस्नुभएका आदिवासी मुलका यी जातिहरु आफ्नो भाषा, रहनसहन, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्धन गर्न २ दिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठाका सदस्य सचिव कमल प्रसाद राजवंशीको प्रमुख आतिथ्यता र रासविसका केन्द्रिय अध्यक्ष सुवन्त राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। सञ्चालन मनोज राजवंशीले गरेका थिए। सो कार्यक्रम आजसम्म रहने छ। यता भने ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय समितिले एक विज्ञप्ति प्रकाशित गरि सो कार्यक्रममा सहभागी नभएकाे र नहुन सम्पूर्ण ताजपुरिया जातिका महानुभावहरूलाई अपिल गरेकाे छ।








