उनले धार्मिक संगठनहरूलाई बद्नाम गरिरहेकी छन्, यो पापले उनलाई डुबाउनेछ: दिलीप घोष

Dilip_Ghosh_1611219856911_1611219894164.webp

काेलकाता: मुख्यमन्त्री ममता ब्यनर्जीले गए शनिवार एक चुनावी ऱ्यालीमा इस्कन, रामकृष्ण मिशन, भारत सेवाश्रम संघका भिक्षुहरूको एक वर्गमाथि राजनीति गरेको आरोप लगाएकी थिइन्।

ममताको यस टिप्पणीलाई लिएर आइतवार भारतीय जनता पार्टी (भाजपा)- का नेता दिलीप घोषणले मुख्यमन्त्री ब्यनर्जीलाई लक्षित गरेका छन्।

मुख्यमन्त्रीलाई लक्षित गर्दै उनले भने, मुख्यमन्त्रीको मस्तिष्क खराब भएको छ। उनले बुझ्न सकिरहेका छैनन् कि के भनौं? उनले भोट हत्याउनको लागि मौलवीहरूसित राजनीति गर्न सक्छन्, उनीहरूसित प्रार्थना गर्नसक्छन् भने हाम्रा साधु-सन्तहरूलाई राजनीति गर्ने अनुमति किन छैन? आज हिन्दू समाज खतरामा छ। हिन्दू महिलाहरू खतरामा छन्, यस बारेमा उनी केही भन्न सक्दैनन्? सन्यासीहरूले धर्मको रक्षाको लागि सबैकुरा त्यागेका छन्।

उनीहरूले यस्तो भन्न सक्छन्, तर उनले यस्ता जुन संगठनहरूको नाम लिएकी छन् उनीहरूले राजनीति गर्दैनन्। उनीहरूले मानिसहरूमा आध्यात्मिकता फैलाउँछन् अनि समाज सेवा गर्दछन्। उनीहरूले देखेका छन्, आयलादेखि लिएर आम्फानसम्म, यी साधु-सन्तहरूले पहिला पनि गएर मानिसहरूको सेवा गरे। यसको विपरीत उनका (तृणमूल)-का क्याडरहरू पैसा असुल्न गएका थिए। उनले यस्ता संगठनहरूको जसरी बदनाम गरिरहेकी छन् त्यो पाप हो र त्यो पापले उनलाई डुबाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement