बाह्र वर्षीय बालिकासित दुष्कर्म

Hand-Cuff-3-4

आरोपी पक्राउ

मोरीगाउँ: मोरीगाउँमा एउटा हृदयविदारक घटना घटेको छ। एक बाह्र वर्षीय बालिकासित दुष्कर्म भएको छ। बालिकासित दुष्कर्म गर्ने आरोपीको पहिचान सुरूज अलीको रूपमा भएको छ। पुलिसले आइतवार बतायो, बालिकाको खस्किँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पतालमा भर्ती गरिएको छ। आरोपी सुरूज अलीको घर जागीरोड थानाको बालीमुखमा रहेको बताइएको छ। मोरीगाउँ पुलिसले केस नम्बर १३३/२४ दर्ता गरी आरोपी सुरूज अलीलाई पक्राउ गरी जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement