मुम्बई: चालीसवर्षअघि रिलिज भएको निर्देशक प्रकाश मेहराको फिल्म शराबी फिल्मलाई अमिताभ बच्चनको कल्ट क्लासिक फिल्म मानिन्छ। फिल्मको गीत, कथा र अमिताभको स्टाइलको आज पनि चर्चा हुन्छ। यो चलचित्र शराबीमा पाइन्टको खल्तीमा देब्रे हात राखेर किन देखिएको अमिताभ बच्चनबारे निक्कै चर्चा हुन्छl शराबी रिलिज भएको ४० वर्ष पूरा भएको अवसरमा यसका हिट फिल्म र सुपरहिट कथाहरूबारेमा थाहा पाउनु खुबी रोचक हुन्छ। फिल्म शराबी १८ मई १९८४ मा हलमा रिलिज भएको हो। यस फिल्ममा अमिताभ बच्चन बाहेक जया प्रदा, प्राण, ओम प्रकाश, मुकरी र सुरेश ओबेरोय जस्ता कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। शराबी निकै सफल भयो र फिल्मले सबैको मन जित्यो। यो फिल्मको आइडिया अमिताभ बच्चनको दिमागमा हवाई यात्राको क्रममा आयो। २०१६ सालमा अमिताभले शराबीको ३२औँ वार्षिकोत्सवमा सामाजिक सञ्जालमा एक विशेष पोस्ट सेयर गरेका थिए। त्यो बेला उनले भनेका थिए– ‘हामी दुवैजना न्यूयोर्कबाट वेस्ट इन्डिज जाँदै गर्दा मेरो र प्रकाश मेहराको दिमागमा शराबीको विचार आयो।‘