लक्ष्मी भण्डार योजनाबारे अभिषेक ब्यानर्जीले यसो भने…

Abhishek-Banerjee-MP-copy

कुलतली: जयनगर लोकसभा केन्द्रबाट तृणमूल उम्मेदवार कांग्रेसकी प्रतिमा मण्डल ४ लाख मतान्तरले विजयी हुने दाबी तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले गरेका छन्। उनले भने, ‘यो धेरै भोट जित्ने र आम जनताको अधिकार र संरक्षण प्राप्त गर्ने लडाइ हो।‘ उनी जयनगरकी तृणमूल उम्मेदवार प्रतिमा मण्डलको उपस्थिति र समर्थनमा कुलतलीको जलबेडिया मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने। यस अवसरमा उनले कोचबिहारक भाजपा नेता दीपा चक्रवर्तीको रेकर्डिङ पनि सुनाए, जसमा सुनिन्छ कि भाजपाले सत्तामा आउने बित्तिकै लक्ष्मी भण्डार योजना बन्द गर्नेछ। अभिषेक ब्यानर्जीले दिदी रहेसम्म देशका राष्ट्रपति र प्रधानमन्त्रीले बंगालको लक्ष्मी भण्डार योजना रोक्न नसक्ने बताए। उनले केन्द्रीय मन्त्री अमित शाहको खिल्ली उडाउँदै भने , ‘२०२१ मा सुन्दरवनको भ्रमणको क्रममा उनले जनतालाई यसको सौन्दर्यीकरणका लागि २ लाख करोड रुपियाँ दिने आश्वासन दिएका थिए, तर त्यस्तो केही गरेनन्।‘ उनले ४ जूनको नतिजा सार्वजनिक भएपछि केन्द्रमा भारत गठबन्धन सरकार बन्ने बताए। ‘यसमा तृणमूल कांग्रेसले निर्णायक भूमिका खेल्नेछ। यसपछि गरिबीको रेखामुनि रहेका परिवारलाई एक वर्षमा १० वटा सिलिण्डर दिइनेछ’, उनले भने। उनले प्रतिमा यस लोकसभा निर्वाचन क्षेत्रकी भूमिकी छोरी भएको बताए। उनले भने,  ‘दक्षिण २४ परगना जिल्लाले बंगाललाई मात्र होइन देशलाई पनि बाटो देखाउनेछ। म दक्षिण कोलकातामा जन्मेको थिएँ, तर मेरो जन्मस्थान दक्षिण २४ परगना हो।‘ सो अवसरमा उनले बिहान सबेरै मतदान केन्द्रमा पुगेर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरे। भाजपालाई निशाना बनाउँदै अभिषेक ब्यानर्जीले भाजपा अहिले नाराको पार्टी बनेको बताए। उनले भने, ‘भाजपा १० वर्षअघि देशवासीलाई राम्रो दिन र १५ लाख दिने वाचा गरेर केन्द्रमा सत्तामा आएको थियो। त्यसपछि एक रुपियाँ पनि कसैलाई दिएनन्। २ करोडलाई पनि रोजगारी दिइएको छैन।‘ यस अवसरमा कुलतली विधायक गणेश मण्डल, क्यानिङ पूर्व विधायक शैकत मोल्ला र क्यानिङ पश्चिम विधायक परेश राम दास, जिल्ला परिषद अध्यक्ष निलिमा मिस्त्री विशाल र हजारौं तृणमूल कार्यकर्ता र समर्थकहरू उपस्थित थिए।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement