चौथो भानुभक्त शैक्षिक सम्मानको घोषणा

03aadb6e-2a7b-461d-87a2-df7faa9d8908

सिलगढी: विगत वर्षहरु झैँ यस वर्ष पनि सिलगढीस्थित खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयद्वारा भानु जयन्तीको अवसरमा डाबग्राम-१, डाबग्राम-२, फाराबारी, १० माइल अनि सेभोक क्षेत्रका यस वर्ष माध्यमिक एवं उच्च माध्यमिक परीक्षामा पहिलो दर्जामा उत्तीर्ण भएका नेपाली भाषी विद्यार्थीहरुलाई ‘चौथो भानुभक्त शैक्षिक सम्मान २०२४’ प्रदान गरिने भएको छ। आइतबार खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयमा सम्पन्न भएको पुस्तकालय कमिटीको सभामा यस वर्ष पनि भानुभक्त शैक्षिक सम्मान प्रदान गरिने घोषणा गरिएको कमिटीको पक्षबाट अध्यक्ष परिमल थापा, सचिव विकास तिम्सिना, कोषाध्यक्ष कृष्ण शर्मा, उपाध्यक्ष राहुल मंगरले जानकारी गराएका छन्। स्मरण रहोस्, विगत ५ सेप्टेम्बर २०२० मा स्थापित खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयले प्रत्येक वर्ष विद्यार्थीहरुलाई उक्त सम्मान प्रदान गर्ने गरेको छ साथै क्षेत्रका प्रतिभाहरुलाई सम्वर्धना गर्दै आइरहेको छ। यस बाहेक पुस्तकालयमा प्रत्येक आइतबार बिहान ७ बजेदेखि नि:शुल्क रुपमा आर्ट्स/ड्रइङ लगायत विभिन्न ज्ञावर्धक क्लासहरु विगत चार वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइरहेको छ।

About Author

Advertisement