गान्तोक: सोरेङ जिल्ला अन्तर्गत दरामदिन बाजारस्थित सिंहदेवी मन्दिर परिसरमा मानव उत्थान सेवा समिति दरामदिन तहसीलद्वारा परमाराध्य गुरुमाता अमृताजी ६४औं पावन जन्मदिनको उपलक्ष्यमा दरामदिन-जोरथाङ तहसील प्रभारी महात्मा सुमति बाईजीको विशेष उपस्थितिमा ब्यापक सफाई अभियान सम्पन्न भयो।
प्राचीनकालदेखि इतिहास बोकेको दरामदिन क्षेत्रमा स्वर्ग जाने सिँढी बनाएको एउटा छुट्टै इतिहास छ भने प्राचीन कालदेखि नै आस्था तथा विश्वासको प्रतिक मानिने यो सिंह देवी मन्दिरमा स्थानीय श्रद्धालु बाहेक धेरै ताड़ा ताड़ाबाट पनि श्रद्धालुहरु पूजा अर्चना गर्न आउने गदर्छन।यो धरोहरलाई जोगाई राख्न यहाँ मानव उत्थान सेवा समिति बाहेक बिभिन्न संघ संस्थानहरुले सफाई अभियान साथै रंग-पचेरा पनि गर्दै आइरहेको बताएको छ।

अर्कोपटी मानव उत्थान सेवा समितिले पूरा भारतदेश भरि नै परमाराध्य गुरुमाता अमृताजीको ६४औं पावन जन्मदिनको उपलक्ष्यमा ५ अगस्तदेखि १० अगस्त २०२२ सम्म शिक्षा अभियानको माध्यमद्वारा आवश्यक विद्यार्थीहरुलाई खाता,कलम,पेन्सिल वितरण गर्दै आइरहेको छ।