झापा: झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घरको माथिबाट खसेर एकजना निर्माण श्रमिकको मृत्यु भएको छ। बिर्तामोड -१ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा चार तला माथिबाट खसेर हिजो मई १८का दिन दिउँसो १२ः५० बजे भारत बोतलबारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो। मृतकका आफन्त आज मई १९का दिन बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका पुलिस कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले जानकारी दिए।