मेटाले दक्षिण अफ्रिकामा गर्ने लाइभ ह्याकिङ प्रतिस्पर्धामा नेपालका ५ इथिकल ह्याकर जाने

IMG-20240519-WA0037.jpg

झापा: फेसबुकको मातृ कम्पनी मेटाको आयोजनामा दक्षिण अफ्रिकामा हुने ‘मेटा बग बाउन्टी रिसर्चर कन्फेरेन्स २०२४’ मा नेपालका पाँच इथिकल ह्याकर सहभागी हुने भएका छन्। यही २१ र २२ मईमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने सो सम्मेलनमा नेपालबाट सौगात पोखरेल, मनोज गौतम, रिकेश बानियाँ, समीप अर्याल र कुञ्जन नायक सहभागी हुन लागेका हुन्। मेटाले निमन्त्रणा गरेका सबै नेपालीहरू आज रविबार मई १९मा दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्। बग बाउन्टी हन्टरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेटाले हरेक वर्ष यस्तो सम्मेलन गर्दै आएको छ।

About Author

Advertisement