सिलगढीको ४३ नम्बर वार्डमा भाजपा-द्वारा ‘हर घर तिरंगा’ कार्यक्रमको आयोजना

19-47-47-Capture1-6.png

सिलगढी: पश्चिमबंग एवम् सिलगढी सहरमा पनि आजादीको अमृत महोत्सवको उपलक्ष्यमा उत्साहको साथमा कार्यक्रमको आयोजना गरिरहेको छ। यस क्रममा भाजपा सिलगढी सांगठनिक जिल्ला ८ नम्बर मण्डल कमिटीको तर्फबाट हर घर तिरंगा अन्तर्गत कार्यक्रमको आयोजना गरियो सिलगढी नगरनिगमको ४३ नम्बर वार्ड अन्तर्गत भानु नगर इलाकामा उक्त कार्यक्रमको आयोजना गरियो। कार्यक्रम अवधि भाजपा एससी मोर्चा दार्जिलिङ जलपाईगढी जिल्ला इन्चार्ज तथा भाजपा सिलगढी सांगठनिक जिल्ला प्रवक्ता डा. सचिन प्रसादले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आजादीको अमृत महोत्सव कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा भानु नगर इलाकाको लगभग ४०-५० जना दोकाने तथा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई झण्डा वितरण गरियो। यस अवसरमा डाक्टर सचिन, ८ नम्बर मण्डल अध्यक्ष हीरा राय, महासचिव रूपेश सिंह, सचिव सुनील साहनी, आठ नम्बर मण्डल महिला मोर्चा अध्यक्ष बबीता गुप्ता लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement