अणुव्रत मण्डलको समस्या बढ्नसक्ने

Anubrata-Mandal

कोलकाता: पश्चिम बङ्गालको कोइला र पशु तस्करी मामिलामा बीरभूम जिल्लाका तृणमूल अध्यक्ष अणुव्रत मण्डलको समस्या बढ्नसक्छ। उनले आफू अस्वस्थ भएको दाबी गर्दै सीबीआई अफिसमा हाजिर हुन खारेज गरेका थिए तर कोलकाताको राजकीय एसएसकेएम अस्पतालमा जाँचपछि चिकित्सकहरूले उनी स्वस्थ रहेको र भर्ती गर्ने आवश्यकता छैन भनी स्पष्ट गरेका छन्। उनी आज दिउँसो एसएसकेएम अस्पताल गएका थिए। लगभग एक घण्टासम्म चिकित्सकीय जाँचपछि डाक्टरहरूले स्पष्ट गरे कि उनी स्वस्थ छन् र उनलाई भर्ती गर्ने आवश्यकता छैन। अर्कोतिर, सीबीआईले उनलाई कुनै पनि स्थितिमा आज नै निजाम पेलेस स्थित केन्द्रिय एजेन्सीको अफिसमा सोधपुछको निम्ति हाजिर हुनलाई भनेको छ तर उनी अहिलेसम्म पुगेका छैनन्।

About Author

Advertisement