मतगणना अधिकारीहरूको निम्ति दोस्रो दिनको प्रशिक्षण सम्पन्न

पाकिम: गणना पर्यवेक्षक, गणना सहायक र माइक्रो अब्जर्बरहरूको निम्ति दोस्रो दिनको प्रशिक्षण रूअर्वन कम्प्लेक्सको सम्मेलन हलमा सम्पन्न भयो। बिहान र दिउॅंसो दुई चरणमा आयोजित सत्रमा कुल १०७ जनाले भाग लिए।

प्रशिक्षण अवधि जिल्लापाल एवं डीईओ टाशी छोपेलले मतगणना प्रक्रियामा अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे अवगत गराउॅंदै कुनै प्रकारको त्रुटिबाट जोगिन सतर्क बस्न आह्वान गरे। उनले प्रतिभागीहरूलाई मतगणना प्रक्रिया अवधि संयक कायम राख्न र शंका लागेको खण्डमा सम्बन्धित अधिकारीसॅंग सोधीखोजी गर्न सुझाउ दिए।

जिल्ला स्तरीय मास्टर ट्रेनर तेन्जिङ पेमाले वीवीपीएटी स्लिप, गणना टेबलका कर्मचारीहरूको कर्तव्य, पोस्टल ब्यालेट खारेज गर्ने मापदण्ड, फारम १७सी, पोस्टल ब्यालेटको गणना आदि विषय जानकारी गराइन्। प्रशिक्षण सत्रमा एडीसी अनुपा तामलिङ, चुनाउ प्रकोष्ठकी संयुक्त सचिव मेरिना राई, रम्फूका एसडीएम थेन्डुप लेप्चा, पाकिमका एसडीएम सन्देश सुब्बा आदि पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement