उत्तर सिक्किम घुम्न गएकी एक महिला पर्यटकको मृत्यु

Death-Image-Rep-copy-5

गान्तोक: उत्तर सिक्किम घुम्न गएकी एक महिला पर्यटकको मृत्यु भएको छ। ७२ वर्षीय वृद्धालाई हिजो लाचुङस्थित सेनाको अस्पतालमा भर्ती गरिएको थियो भने आज बिहान उनको मृत्यु भएको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, ७२ वर्षीय निरुपमा जयन्त पारेख १४ मईका दिन लाचुङ पुगेकी थिइन्। उनी स्थानीय एउटा होटलमा बसेकी थिइन्। उनी मधुमेह रोगी थिइन्। अस्वस्थताका कारण हिजो उनलाई अस्पतालमा ल्याइएको थियो र आज बिहान उनले अन्तिम सास लिइन्। शव अगाडिको कानुनी कारबाहीको निम्ति एसटीएनएम पठाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement