झापा: बलात्कार मुद्दामा उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई आज सफाइ दिएपछि उनका समर्थकले खुसीयाली मनाएका छन्।फैसला आएलगत्तै उनका समर्थकले उच्च अदालत पाटनबाटै बाजा बजाएरै खुसीयाली मनाउँदै र्याली निकालेका छन्। समर्थकले नाचगान गर्दै खुसियाली मनाइरहेका छन्।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत (२०२२ सितम्बर ८)२०७९ भदौ २१ मा पुलिस वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यसपश्चात जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो। लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा आज उनले सफाइ पाएका हुन्। समर्थकहरुले सन्दीप भाइ. हाईहाई, यो जीत कसको. सन्दीपको, सन्दीप कस्को.. नेपालको लगायतका नारा लगाएका थिए।