कम्पनीका विज्ञापन पोस्टर र ब्यानर चोरी गरेको आरोपमा एकजना पक्राउ

IMG-20240515-WA0164.jpg

सिलगढी: लामो समयदेखि माटिगडास्थित निजी मल अगाडि रहेको ट्राफिक सिग्नल पोष्टको माथि राखिएका विभिन्न कम्पनीका विज्ञापनका पोस्टर वा ब्यानर चोरी हुने गरेको छ। लगातारको यो घटनापछि एक कम्पनीले विज्ञापन, ब्यानर वा फेस्टुन चोरी गरेको भन्दै माटिगडा पलिस थानामा लिखित उजुरी परेको थियो ।यस विषयमा अनुसन्धान गरिरहेको माटिगडा पुलिस थानाले विश्वास कोलोनीबाट बलाई कार्जी नामका एक युवकलाई पक्राउ गरेको छ। स्रोतबाट प्राप्त जानकारीका आधारमा सादा पोशाकका माटिगडा पुलिस थानाले चोरी गर्नेलाई पक्राउ गरेको हो। पक्राउ परेका युवकलाई बुधबार सिलगढी डिभिजनल अदालतमा पेश गरियो। पुलिसले आरोपीलाई हिरासतमा राख्न निवेदन दिएको छ।

About Author

Advertisement