लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा खिताब जित्ने रेसमा अग्रिम पंक्तिमा रहने म्यानचेष्टर सिटीको साथमा खराब फर्ममा रहने टोटनह्याम र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो। गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले शनिवार राति खेलिएको म्याचमा फूलहामलाई ४-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट जोस्को ग्वार्डिओलले १३औं र ७१औं मिनटमा २ गोल गरे। यसबाहेक फिल फोडेनले ५९औं र जूलियन अल्वारेजले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको छैटौं मिनट)-मा पेनल्टीबाट गोल गरे । फूलहामका डिफेण्डर इस्सा डिओपलाई म्याचको अन्तिम समयमा रेड कार्ड देखाइयो। यस एकतर्फी जीतपछि सिटी ३६ वटा म्याचमा ८५ पोइण्ट्सको साथ लीग टेबलको शीर्षमा कायम रह्यो। यसरी टोटनह्यामले लगातार हारको क्रमबाट मुक्ति पाउँदै बर्नले विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६४ प्रतिशत पोजेशनको साथ खेले पनि टोटनह्यामले शुरुमै गोल खायो। जेकब ब्रून लार्सेनले २५औं मिनटमा बर्नलेको टीमलाई बढ़त दिलाए तर लगत्तै ७ मिनटपछि पेड्रो पोर्रोले गोल गरी होम टीमलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा मिकी भान डे भेनले ८२औं मिनटमा गोल गरी टोटनह्यामलाई रोमाञ्चक जीत दिलाए। यस जीतपछि टोटनह्याम ६३ पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो।
चेल्सीले पनि असल फर्मलाई कायम राख्दै नटिंघम फरेष्टलाई ३-२-ले पराजित गऱ्यो। म्याच रोमाञ्चक रह्यो अनि एक समय आफ्नो होम ग्राउण्डमा खेलिरहेको नटिंघम फरेष्ट जीतको दिशामा अग्रसर थियो तर चेल्सीले पनि २ मिनटको अन्तरमा २ गोल गरी म्याच जित्यो। म्याचमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट मिखाइलो मुद्रिकले आठौं, रहीम स्टर्लिंगले ८०औं र निकोलस जेक्सनले ८२औं मिनटमा गोल गरे। यसरी नटिंघम फरेष्टबाट विली बोलीले १६औं र कलम हडसन-ओडोइले ७४औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी ५७ पोइण्ट्सको साथ सातौं स्थानमा रहन पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा एभर्टनले शेफील्ड युनाइटेडलाई १-०-ले, वेष्ट ह्यामले लुटोन टाउनलाई ३-१-ले अनि ब्रेण्टफोर्डले बोर्नमाउथलाई २-१-ले पराजित गऱ्यो। न्यूक्यासल र ब्राइटनबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।








