ला लीगाः रियल म्याड्रिडको विजयाभियान जारी

IMG-20240512-WA0140.jpg

म्याड्रिड: स्पेनिश ला लीगाको जारी सीजनमा अगावै च्याम्पियन बन्ने रियल म्याड्रिडले आफ्नो विजयाभियान जारी राख्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले ग्रानाडालाई ४-०-ले पिट्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने रियलबाट ब्राहिम डिआजले ४९औं र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक फ्रान गार्सियाले ३८औं र अर्डा गुलेरले मध्यान्तरको ठीक अघि गोल गरे। यस जीतपछि ला लीगा पोइण्ट्स टेबलको शीर्षमा रहने रियल म्याड्रिडको ३५ वटा म्याचमा ९० पोइण्ट्स पुग्यो। रियल म्याड्रिडले ला लीगा खिताब जित्नको साथै यूएफा च्याम्पियन्स लीगको फाइनलमा पनि स्थान बनाइसकेको छ। यसरी गिरोना र अलावेसबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। म्याचमा गिरोनाबाट एरिक गार्सियाले चौथो र यांगेल हेरेराले ४४औं मिनटमा गोल गरे। यसरी अलावेसबाट दुवै गोल जन गुरिडिले गरे। यस ड्र पछि गिरोना ७५ पोइण्ट्स लिएर दोस्रो स्थानमा कायम रह्यो। शनिवार राति खेलिएको अन्य म्याचहरूमा मालोर्काले लास पालमासलाई १-०-ले अनि भिल्लारियलले सेविलेलाई ३-२-ले पराजित गऱ्यो। एथलेटिक क्लब र ओसासुनाबीच खेलिएको म्याच चाहिँ २-२-ले ड्र रह्यो।

About Author

Advertisement