काेलकाता: यौन उत्पीड़नका आरोपहरूले घेरिएका पश्चिम बंगालका राज्यपाल डाक्टर सीवी आनन्द बोसमाथि मुख्यमन्त्री ममता ब्यनर्जीले तीव्र प्रहार गरेकी छन्। उनले भनेकी छन्, राज्यपालले यदि बोलाए पनि म राजभवनमा आउदिनँ। उनको छेउमा बस्नु पनि पाप हो।
उनले पीएम नरेन्द्र मोदीमाथि प्रहार गर्दै भनिन्, यसपालि चुनाउमा नरेन्द्र मोदी सरकार सिद्धिनेछ। तेस्रो चरणको मतदानपछि यस कुराको अनुभूति भाजपालाई भइसकेको छ। त्यसपछि उनले राज्यपालमाथि प्रहार गर्दै उनले भनिन्, उनीबाट जघन्य अपराध भएको छ। एक महिलाको आत्मसम्मानसित खेलवाड़ भइरहेको छ। कसैको पनि एकपल्ट इज्जत गएपछि फर्केर आउँदैन।
उनले भनिन्, यदि राज्यपालले मलाई फेरि राजभवनमा बोलायो भने म जादिनँ। उनलाई सड़कमै बोलाएर भेट गर्नेछु। उनको जुन कीर्ति सुनेको छु, त्यसलाई देखेर यस्तो लाग्छ, उनीसित बस्नु पनि पाप हो।