चन्द्रगढी विमानस्थलबाट साढे दुई किलो चाँदीसहित एक पक्राउ

IMG-20240511-WA0220.jpg

झापा: झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट पुलिसले साढे दुई किलोग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका भारत उत्तराखण्ड देरादूनका ३० वर्षीया तेन्जिङ छिरिङलाई अवैध रूपमा बोकेको चाँदीसहित पक्राउ गरिएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। विमानस्थलमा खटिएको पुलिस टोलीले छिरिङको झोला चेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा दुई किलो पाँच ग्राम चाँदी र २८ हजार पाँच सय भारतीय रुपियाँ बरामद गरेको हो। पक्राउ परेकी छिरिङलाई जिल्ला पुलिस कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पुलिसले जनाएको छ।

About Author

Advertisement