जलपाईगुडी: आज अक्षय तृतीयाको पर्व हो। हिन्दु धर्ममा यो पर्वको विशेष महत्व छ। अक्षय तृतीयालाई अख्खा तीज भनिन्छ। हिन्दू क्यालेन्डर अनुसार यो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ। अक्षयको अर्थ हो जुन कहिल्यै क्षय हुँदैन। अक्षय तृतीयाको दिन लक्ष्मी र भगवान विष्णुको पूजा गर्नाले जीवनमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ। त्यसैले आज अक्षय तृतीयाको दिन जलपाईगुडीका विभिन्न पसल तथा प्रतिष्ठानमा देवी लक्ष्मी र भगवान विष्णुको पूजा आराधना गरिँदै छ। सहरका पसलहरुमा बिहानैदेखि पुजारीहरुद्वारा मन्त्र जप गरी पूजा गर्ने क्रम जारी छ। यसका साथै मदिरामा पनि पुजा चलिरहेको छ। घरधनीले पनि पूर्ण भक्तिपूर्वक पूजा गरिरहेका छन्।