प्लेअफ्-को रेसबाट बाहिर भएपछि माफी मागे सेम कुरेनले

IMG-20240510-WA0146.jpg

धर्मशाला: यहाँको एचपीसीए स्टेडियममा पञ्जाब किंग्सको खराब रेकर्ड अन्तिम म्याचमा पनि जारी रह्यो। आफ्नो यस होम ग्राउण्डमा पञ्जाब किंग्सले बिहीवार राति रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) विरुद्ध ६० रनले हारको सामना गर्नु पऱ्यो। यस हारको साथै टीम प्लेअफ्-को रेसबाट बाहिर भयो। पञ्जाबले आईपीएल २०२४-मा १२ वटा म्याच खेलेर ८ वटा हारेको छ। आरसीबी-ले चाहिँ म्याच जितेर प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई जीवित राख्यो। निराशाजनक प्रदर्शनको साथ म्याच हारेपछि पनि पञ्जाबका कप्तान सेम कुरेनलाई निक्कै सकारात्मक देखियो। उनले भने, पूरा सीजनमा हामीले धेरै सकारात्मक संकेत देख्यौं तर त्यो दुर्भाग्यले लक्ष्यसम्म पुग्नको निम्ति पर्याप्त थिएन। उनले भने, टुर्नामेण्टमा हाम्रो टीम सर्वश्रेष्ठ रहेको हामीलाई थाहा थियो अनि हामी टीमको निम्ति निराशा अनुभव गरिरहेका छौं। हामीले आफ्नो शीर उच्च राख्नु पर्नेछ, सिक्नु जारी राख्नु पर्नेछ अनि निरन्तर सुधार गर्नु पर्नेछ। वास्तवमा स्तरीय खेलाड़ीहरूका यस समूहलाई नेतृत्व गर्नुमा मजा आयो तर अझ केही म्याच जितेको भए राम्रो हुने थियो। हामीले केही नयाँ उँचाई हासिल गऱ्यौं अनि केही रेकर्ड लक्ष्य हासिल गऱ्यौं। हामी अहिले निराश छौं अनि प्रशंसकहरूसँग माफी माग्छौ। हामी लड़ाइँ जारी राख्नेछौं।
म्याचको कुरा गर्दा बिहीवार राति टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ७ विकेट गुमाएर २४१ रनको विशाल स्कोर बनायो। विराट कोहली केवल ८ रनले गर्दा शतकदेखि चुके। उनले ६ वटा छक्का र ७ वटा चौकाको साथ ४७ बलमा ९२ रन बनाए। यसरी रजत पाटीदारले ५५ र क्यामरन ग्रीनले ४६ रनको योगदान दिए। पाटीदारले २३ बल खेलेर ६ वटा छक्का र ३ वटा चौका लगाए। पञ्जाबका बलरहरूमा हर्षल पटेलले ३ र विद्वत कावेराप्पाले २ विकेट लिए। ठूलो लक्ष्यलाई पछ्याउँदै लगातार विकेटको पतन हुँदा पञ्जाबको टीम १७ ओभरमा १८१ रन बनाएर अलआउट भयो। राईली रुसोले सर्वाधिक ६३ रन बनाए। उनले २७ बल खेलेर ९ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक शशांक सिंहले ३७, जनी बेयरस्टोले २७ र सेम कुरेनले २२ रन बनाए। आरसीबी-का बलरहरूमा मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए। यसबाहेक स्वप्निल सिंह, लौकी फर्ग्यूसन र कर्ण शर्माले २-२ विकेट लिए। कोहलीलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement