नयाँ दिल्ली: अर्जेण्टिनाका दिग्गज फूटबलर रहने दिवंगत डिएगो म्याराडोनालाई १९८६-को वर्ल्ड कपमा सर्वश्रेष्ठ खेलाड़ीको रूपमा प्राप्त भएको गोल्डन बल ट्रफीलाई अब लिलामीमा सामेल गरिनेछ। अगुट्टेस लिलामीले मंगलवार यस कुराको जानकारी दिएको छ। यो लिलामी आउँदो महिना फ्रान्समा हुनेछ। यो लिलामीमा सामेल गरिएको पहिलो गोल्डन बल हुनेछ अनि लिलामीमा यसको शुरुवाती मूल्यबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन। यसबीच ६ जूनमा हुने लिलामीको अवधि म्याराडोनाको गोल्डन बल ट्रफीको मूल्य लाखौं रुपियाँसम्म पुग्ने तय रहेको छ। म्याराडोनाको देहान्त २५ नोभेम्बर २०२०-मा भएको थियो। उनको कप्तानीमा अर्जेण्टिनाले १९८६ वर्ल्ड कपको फाइनलमा वेष्ट जर्मनीलाई ३-२-ले पराजित गरी ट्रफी जितेको थियो। गोल्डन बल ट्रफी १९८२-को वर्ल्ड कपदेखि शुरु गरिएको थियो। अर्जेण्टिनाका लियोनल मेस्सी यस पुरस्कारलाई दुईपल्ट जित्ने एकमात्र फूटबलर हुन्।










