मानव तस्करमाथि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजित

Human-Trafficking-Cases.jpg

गान्तोक: रम्फू पुलिस र सिक्किम राज्य महिला आयोगको संयुक्त तत्वावधानमा मानव तस्करमाथि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरियो। रम्फूस्थित माझीटार विद्यालयमा आयोजित यस कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक, पञ्चायतगण, पुलिसबल, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्रोतवक्ताकोरूपमा रम्फू थानाका पीआई प्रदीप छेत्री रहेका थिए। उनले आफ्नो सम्बोधनमा विशे, गरेर मानव तस्कर र नशालु पदार्थमाथि विस्तृतरूपमा जनकारी गराए।सोही प्रकारले बाल संरक्षण युनिटका सदस्य एवम सामाजिक कार्यकर्ता अमृत शर्माले पोक्सो कानून र मिशन वत्सालयमाथि अवगत गराए भने आयोगकी सदस्य पारवती आचार्यले राज्य सरकारद्वारा महिला र बाल बालिकाको हितमा तयार रहेको विभिन्न प्रकारको कल्याणकारी योजनाबारे जानकारी गराइन्। उनले महिला आयोगको भूमिकाबारे पनि प्रकाश पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement