राज्यपालको टेण्डोङ ल्हो रूम फात पर्वको बधाई एवं शुभकामना

photocollage_20228723517446.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले राज्यवासीहरूलाई विशेषगरी लेप्चा समुदायका मानिसहरूलाई टेण्डोङ ल्हो रूम फात पर्वको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा टेण्डोङ ल्हो रूम फात लेप्चा समुदायको पर्व रहेको बताएका छन्। यस अवसरमा लेप्चा समुदायका मानिसहरू टेण्डोङ पर्वतप्रति आफ्नो सम्मान व्यक्त गर्दै र आफ्नो विश्वासलाई जीवित राख्दै विपत्ति र विनाशबाट रक्षाका लागि प्रार्थना गर्छन् भनी उनले बताएका छन्।

राज्यपालले यस पावन अवसरमा सबैलाई आफ्नो विश्वास बलियो बनाउॅंदै सिक्किमका मानिसहरूलाई सदा सर्वदा एकजुट राख्न ईश्वरसॅंग प्रार्थना गर्न आह्वान गरेका छन्।

About Author

Advertisement