गान्तोक: गेजिङ जिल्लाको बर्मेक मार्तम सिरिजङ्गा वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानमा आजादीका अमृत महोत्सव अन्तर्गत हिजोदेखि फुटबल प्रतियोगिता शुरू भएको छ। निर्वाचनस्तरीय फुटवल प्रतियोगिताको दोस्रो दिन मुख्य अतिथिकोरूपमा एसकेएम पार्टीका सामाजिक सञ्जालका महासचिव एनबी गुरूङ रहेका थिए। आगामी दिनमा पालन गरिने ७६औं स्वतन्त्रता दिवसलाई मध्य नजर राख्दै आयोजना गरिएको निर्वाचनस्तरीय फुटबल प्रतियोगिताको पहिलो खेल सोरेङ टीएफए बना हि- याङथाङबीच भएको थियो, जसमा सोरेङ टीएफएले एक गोलको विरूद्ध ६ गोल गरेर विजयी बन्यो। यसरी नै दोस्रो खेल खानीसिरिबुङ एचएफसी बनाम चिङथाङ एफसीबीच सम्पन्न भएको थियो जसमा खानीसिरबुङ विजयी बन्यो।