सोरेङ: सोरेङ जिल्लास्तरीय अनुगमन समितिको एक सभा आज सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भयो। यस सभामा जिल्ला पञ्चायत सदस्य नकूल प्रधान,पुलिस अधिक्षक धिराज सुवेदी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा डीएलओसीकी अध्यक्ष हिस्से डी. योङदाले सोरेङ जिल्ला परिसरमा जडान गरिएको सबै सीसीटीभीको गरिनुपर्ने मर्मत साथै यसले काम गरेको छ छकी छैन्, त्यसको निगरानी गर्नुपर्ने निर्देश दिएकी छन्। यसका साथै उनले सोरेङ जिल्लाका सर्वसाधरणको सुरक्षा सुनिश्चित गरिनुपर्ने जानकारी गराइन्। देशको सर्वोच्च न्यायालयको निर्देश बमोजिम विभिन्न थानामा जडान गरिएको सीसीटीभीको मर्मत सहित अझ आवश्यक परेको खण्डमा जडान गर्नुपर्ने निर्देश दिएकी छन्। उनले थानाका एसएचओहरूलाई मासिकरूपमा सीसीटीभीबारे रिपोर्ट गर्नुपर्ने निर्देश दिएकी छन्। यदि कुनै पनि थानामा रहेको सीसी क्यामेराले काम गरेको छैन् भने आइटी विभागलाई दिनुपर्ने र समयमा नै वदल्नुपर्ने सुझाइ दिइन्।यसरी नै उनले आइटी विभागका अधिकारीहरूलाई पनि प्रत्येक महिना सीस क्यामेराको निगरानी राख्नु पर्ने र खराब भएको खण्डमा शीघ्र परिवर्तन गर्नुपर्ने निर्देश दिइन्। यसै क्रममा अतिरिक्त जिल्लापालले अनुगमन समितिको भूमिका र जिम्मेवारीबारे जानकारी गराउँदै सर्वोच्च न्यायालयको निर्देशलाई कढाइको साथमा पालन गर्नुपर्ने सुझाउ दिएका छन्।










