गाजा: इजरायली सेनाले दक्षिणी गाजा पट्टीको रफाहमा आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। इजरायलले रफाहमा कम्तीमा चारवटा आवासीय भवनलाई निशाना बनाएर दर्जनौं घाइते भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। हमासको सशस्त्र विंग अल-कसाम ब्रिगेडले मंगलबार एक प्रेस विज्ञप्तिमा आफ्ना लडाकुहरूले ‘रफाह क्रसिङ वरपर तैनाथ इजरायली सेनामाथि हमला गरेको’ सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। आइडीएफले मंगलबार गाजा पट्टीको दक्षिणमा रहेको रफाह सहरमा ‘सटिक प्रतिआतंकवाद अभियान’ शुरु गरेको र गाजामा रफाह क्रसिङको ‘अपरेशनल नियन्त्रण’ पुनः प्राप्त गरेको बताएको छ।










