मोरङकी सरस्वती धिमालले नाचेर बनाइन् विश्व रेकर्ड 

IMG-20240506-WA0014

झापा (नेपाल): पूर्वी नेपाल अन्तर्गत मोरङको बेलबारी–१० माटिगाँउ निवासी सरस्वती धिमालले गिनिज बुक अफ  वल्ड रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छिन्। उनले ५,२७८ मि अर्थात १७,३१६ फिट माथि नृत्य कोरीयोग्राफी गरी  गिनिज बुक अफ  वल्ड रेर्कड राख्न सफल भएकी हुन्। बाबु राजु धिमाल र आमा गंगा माया धिमालको कोखबाट बेलबारीको माटिगाउँमा जन्मिएकी सरस्वती विगत एक दशकदेखि नृत्य विधामा सक्रिय छिन्।  कर्मथलो काठमाण्डौको गोकर्णमा रहेकी उनले विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम समेत भएकी छिन्। उनी नेपालकै ठूलो डान्सिङ रियलिटि शो डान्सिङ स्टार नेपालको च्यामपियन समेत भएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement