क्याप-को कृतज्ञता ज्ञापन कार्यक्रम तीब्रस्तरमा

IMG-20240505-WA02422.jpg

गान्तोक: सिटिजन एक्सन पार्टीले प्रथम चरणको कृतज्ञता कार्यक्रम गान्तोक जिल्लाको अप्पर तादोङ स्थित स्थानीय विधानसभा उम्मेद्वार रवि गुरुङको निजी निवासबाट शुरु गर्यो। पार्टीका अध्यक्ष भरत बस्नेत, मुख्यमन्त्री उम्मेद्वार गणेश राई, संसदीय काउन्सिल तथा संस्थापक अध्यक्ष एलपी काफ्ले, कार्यकारी अध्यक्ष प्रशान्त बाबू छेत्री, प्रवक्ता विना शर्मा, अल्बर्ट गुरुङ, हेमराज अधिकारी र अन्य पार्टी कार्यकर्ता औ स्थानीय उम्मेद्वारका परिवारजन उपस्थित थिए।उक्त कृतज्ञता कार्यक्रममा पार्टी अध्यक्ष औ मुख्यमन्त्री उम्मेद्वारद्वयले विधानसभा उम्मेद्वार तथा निजको परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गरे।

सुधारको यस महान अभियानमा संलग्न सबैलाई पार्टीले धन्यवाद व्यक्त गऱ्यो। यस्तै गान्तोक जिल्लाको आरिथाङ समष्टिका विधानसभा उम्मेद्वार रिकेश प्रधान औ परिवार जनलाई भेटघाट गर्दै पार्टीले हार्दिक कृतज्ञता औ आभार व्यक्त गर्ऱ्यो। सबै नेताहरुले श्री प्रधानको परिवार औ समर्थकहरुलाई शिष्टचार भेट गरेको थियो। यसै साँझपख सिटिजन एक्सन पार्टी सिक्किमको १० पोकलोक कामराङ समष्टिको उम्मेद्वार सन्जु राईको निजी निवास नाम्चीमा आयोजित एक भब्य उपस्थिति समारोहलाई पार्टीका नेताहरूलेभेट गर्दै परिवार औ समर्थकहरुलाई कृतज्ञता व्यक्त गऱ्यो। कार्यकर्तालाई सम्मान जनाउँदै पार्टीका मुख्यमन्त्री उम्मेद्वार गणेश राईले सबैलाई सम्मान जनाउँदै पोकलोक कामराङ्की साहसी महिला नेत्री सन्जु राईको जोश,जज्बा औ हिम्मतलाई सलाम गर्दै सबैलाई अघि बढने आग्रह गरे।हिजो कठिनको समयमा हाम्रो पार्टीले समग्र सुधारको सिद्धान्त लिएर आएको औ आम नागरिकले समर्थन जनाएको बताउँदै श्री राईले सबैलाई धन्यवाद दिए।

आफ्नो सम्बोधनको क्रममा पार्टी अध्यक्ष भरत बस्नेतले सम्बोधन गर्दै आफू सांसद निर्वाचित भएको खण्डमा समग्र सिक्किमेको हक र अधिकारलाई सुनिस्चित गर्ने बताउँदै सम्पुर्ण मतदातालाई धन्यवाद दिए। संघर्षको समयमा कसैको लोभ लालच र प्रलोभनमा नआई निरन्तर संघर्ष गर्ने सम्पुर्ण पार्टीका नेताकार्यकर्तालाई श्री बस्नेतले आभार प्रकट गरे।

आफ्नो सम्बोधनको क्रममा सन्जु राईले आफुलाई पार्टीले बिश्वास गरेको र समग्र परिवार औ जनताले समर्थन,माया गरेकोमा धन्यवाद प्रकट गरिन। आफुलाई सत्ताको दबाब भइरहेको बेला कदाचित कार्यकर्ताहरु नहल्ली अघि बढेकोमा मुग्ध कण्ठले प्रशंसा गर्दै सबैलाई हार्दिक सम्मान गर्ने बताउँदै निरन्तर यस समष्टिका जनताको दुखसुखमा सहभागी बन्ने अश्वासन दिइन्।

पोकलोक कामराङ्को यस सभामा दक्षिण जिल्लाका कार्यवाहक अध्यक्ष श्री डि बी स्टिफन गुरुङ,कार्यकारी अध्यक्ष श्री किरण जिम्बा, नाम्ची जिल्लाका सबै नेताकार्यकर्ता,नामथाङ रातेपानीका उम्मेद्वार श्री हरिचन्द्र छेत्री लगायत धेरै संख्यामा आम नागरिकहरु उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *