विद्या भारती उत्तर बंगालको सञ्चालनमा संकुल स्तरीय ‘घोष वर्ग’ आयोजित

n60609984017149282114094e37e1f0301879e8c1ac73670afe103d6450d359da1784a6d63b85af68b599be.jpg

गान्तोक: विद्या भारती सिक्किम पूर्व क्षेत्र अन्तर्गत प्रान्तीय एकाई विद्या भारती उत्तर बंगालको सञ्चालनमा संकुल स्तरीय ‘घोष वर्ग’ आयोजन गरियो। सामसि शिशु मन्दिरमा चाचल संकुलको घोष वर्ग ३ मईको दिन सम्पन्न भयो। संकुलको ५ विद्यालयका १०० प्रतिभागीले भाग लिए।

वर्गमा घोष वाद्य यंत्रका साथै देशभक्ति गीत, स्थानीय गीत, मन्त्र, भजन आदिको अभ्यास गराइयो। यस अवधि २७ छात्रा, ५७ छात्र, ६ आचार्या र १५ आचार्यले दिनभरि एकसाथ वर्गको लाभ उठाए। वर्गमा राष्ट्रिय स्वयंसेवक संघ, उत्तर बंग प्रान्तका बौद्धिक प्रमुख बादल चन्द्र दास, विद्यालयका सचिव शरी प्रदीप कुमार दासले मार्गदर्शन प्रदान गरे।

यसै क्रममा विद्या भारती सिक्किम प्रान्त अन्तर्गत सरस्वती विद्या निकेतनमा पनि विद्यार्थीहरूको सग्रम विकासको निम्ति विभिन्न प्रतियोगितात्मक कार्यक्रम, सामाजिक कार्य, कौशल विकास एवं गुणस्तरीय शिक्षाको निम्ति विद्यालय परिवार सतत प्रयासरत छ। यस श्रेष्ठ कार्यमा समाजको सहयोग पनि प्राप्त भइरहेको बताइएको छ।

दक्षिण सिक्किमको सरस्वती विद्या निकेतन, मलबासे नामफिङमा पनि प्राथमिक स्तरमा योग, शारीरिक चर्चा, अभ्यास सम्पन्न भयो। विभिन्न कार्यक्रममा धेरैभन्दा धेरै विद्यार्थीहरूलाई सहभागी बराइएको थियो। प्रत्येक शनिवारको दिन गतिविधिहरूको निम्ति योजना बनाइएको छ।

About Author

Advertisement