बर्थाङका ६० परिवार पिउने पानीको समस्याले ग्रसित

IMG-20240505-WA0241.jpg

गेजिङ: गेजिङ जिल्लास्थित बर्थाङ गाउँका 60-65 परिवारले अहिलेसम्म पिउने पानी प्रशस्त पाउन नसकेको गुनासो अघि आएको छ। सोही गाउँका एक युवक एसबी सुब्बाले गेजिङ बर्मे निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बर्थाङ गाउँका मानिसहरूको पिउने पानीको समस्या चालिस वर्ष भन्दा अघिको रहेको तर अहिलेसम्म पनि समस्या समाधान नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। वर्ष २०२२ मा पिउने पानी अलैंची सोर्सबाट ल्याउन काम शुरू भएको र उक्त पहल दिपक सुब्बाले गरेका थिए। अलैचे सोर्सको पानी ल्याएर साज बोटेमा बोटेमा मिसाएर ल्याउँनु पर्ने हो र आधा काम भइसकेको छ। रहल काम पानीको पाइप बिछ्याउँनु र २ वटा जस्तो ट्याङ्की बनाउँनु मात्र रहेको जानकारी गराइएको छ। उक्त परियोजनाको कूल लागत २२ लाख रूपियाँ रहेको छ। वर्ष २०२२ देखि शुरू भएको उक्त काम अहिले २०२४ आधा हुँदा पनि सक्ने कुनै छांटकाँट नरहेको स्थानीयहरूको भनाइ रहेको छ। धेरैवर्षदेखि पिउने पानीको समस्या भोग्न परेकोले स्थानीयहरू दुखित बनेको र यसको समस्या शीघ्र भएमा सबै गाउँलेहरूमा खुशीको लहर छाउने स्थानीहरूको मन्तव्य रहेको छ।

अहिलेध साज बोटे देवीथानमा मात्र पानी मात्र रहेको तर हिँउँदको समयमा सुकेर जाने भएकोले पानीको समस्यादेखि मुक्त हुने पर्खाइमा रहेका छन्। पानी मिलाउनलाई एक घरको पानी बुच्चाएर अकोपटि लानु पर्छ। त्यत्ति गर्दा पनि पानी पाउन नसकेको स्थानीयहरूको गुनासो रहेको छ। त्यसैकारण अलैंचीले सोसेको पानी पिउन बाध्य बनेको उनीहरूको भनाइ रहेको छ। वर्ष १९९४ मा तत्कालिन मुख्यमन्त्री भण्डारीको कार्यकामा त्यहाँ पानी ल्याउने व्यवस्था मिलाइएको थियो।

त्यसबेलामा बिछ्याए‌को पानीका पाइप कहाँ कता पुग्यो अत्तोपत्तो छैन, मर्मत पनि भएर पछि पैह्रौले सबै धवस्त बनाएपछि त कसैले पहल नगरेको बताउँछन्।

अहिले साजबिटे सोर्सको पानी ८० परिवारले आफै पाइप तानेर खाने गरेको तर हिउँदको बेला यो पानी सुक्छ र पानीको समस्या य़थावत हुने गरेको उनीहरूको भनाइ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *