लोहापुलका उत्तम राईद्वारा रम्बी अस्पताललाई दुईवाट वासिङमेसिन प्रदान

IMG-20240505-WA0222.jpg

खरसाङ: कालेबुङ खण्ड एक पञ्चायत समिति उप सभापति अनि भागोप्रमो मङ्पु लाब्दा समष्टिका उपाध्यक्ष लोहापुल निवासी उत्तम राईले आफ्नो राजनैतिक कार्यकलापसंगै सामाजिक काम कुरा पनि गर्दै आईरहेका छन् ।कोरोनाकालदेखि लिएर टिस्टा बाढ पीडितसम्मलाई थुप्रै सेवा पुराउँदै आइरहेका उत्तम राईले बिरामीहरुलाई पनि सेवा पुराउँदै आईरहेका छन्। यसरी नै हालैमा उत्तम राईले रम्बी खण्ड विभाग स्वस्थ्य केन्द्रमा बिरामी अनि अस्पताल कर्मचारीलाई प्रयोग गर्नको निम्ति दुईवाट वासिङ मशीन प्रदान गरेका छन्।
यसरी अस्पतालको उपयोगको निम्ति वासिङ मशीन प्रदान गरेवापत उत्तम राईलाई अस्पताल कृतपक्षले आभार व्यक्त गरेका छन्।

About Author

Advertisement