एसटीएनएम अस्पतालका नर्सहरूद्वारा विभिन्न कार्यक्रम सहित “नर्स वीक” पालन

IMG-20240505-WA0236.jpg

गान्तोक: सिक्किम सरकार नर्सेस वेलफेयर एसोसिएशनले आजदेखि ११ मईसम्म एसटीएनएम अस्पताल गान्तोक परिसरमा विश्वस्तरमा नर्सहरूको असाधारण योगदानलाई कदर गर्दै वार्षिक उत्सव नर्स वीक पालन शुरू गरेको छ। विशेष गरेर नर्स वीक आज नर्सेस रनबाट आरम्भ गरिएको छ। आज बिहान सात बजी एसटीएनएम परिसरदेखि बनझाँक्री फल्स पुगेर पून अस्पतालमा आएर दौडको समापन भएको थियो। लगभग पाँच किलोमिटर दौडको आयोजना गरिएको थियो। आजको यस दौड नर्सिङ सुप्रिन्टेन्डेन्

फूर्वा ल्हामु भोटिया, सामुदायिक नर्सिङ अधिकारी सुमित्रा राई, अतिरिक्त नर्सिङ सुप्रिन्टेन्डेन्ट शशि कला तामाङ लगायत अन्य सदस्यहरूको उपस्थितिमा शुरू भएको थियो। यस प्रतियोगितामा स्टाफ नर्स शोभा मिश्रा प्रथम भएकी छन् भने रोशनी शर्मा दोस्रो र कर्मा लाडेन भोटियाले तेस्रो स्थान हासिल गरेकी छन्। प्रतियोगितामा सहभागिहरूलाई स्पेशन टी-शर्ट र पदक प्रदान गरियो। यस वर्ष स्वास्थ्य सेवामा कार्यरत नर्सहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै वर्षभरि समर्पित सेवाप्रति कृतज्ञता व्यक्त गर्दै “हाम्रो नर्सहरू, हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स सप्ताह मनाइएको हो। सप्ताहव्यपी नर्सेस दिवसको अवसरमा रक्तदान शिविरको पनि आयोजना गरिने छ भने आगामी ११ मईको दिन नर्सेस दिवस पनि पालन गरिने जानकारी गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *