पाकिम विमानस्थलका नयाँ निर्देशक सञ्जीवकुमार सिंहले गरे पदभार ग्रहण

47d27842-39ec-45bc-8c96-a1df18372a8e

गान्तोक:  सञ्जीव कुमार सिंहले आजदेखि सिक्किमको एक्लो विमानस्थल पाकिम ग्रीनफिल्ड एयरपोर्टको नयाँ निर्देशकको पदभार ग्रहण गरेका छन्। यसअघि उनले जोधपुर, जैसलमेर, जयपुर, पन्तनगर, पिथोडागर, बरेली, मुरादावाद, जीमापुर, जामनगर र वाराणसीमा विमानस्थल निर्देशकको रूपमा काम गरिसकेका छन्। एयरपोर्ट म्यानेजमेन्टमा क्यानाडाबाट स्नातक गरेको निर्देशक सिंहले आइआइएम अहमदाबादबाट अपरेशनल म्यानेजमेन्टमा एबीए गरेपछि  एयरपोर्ट अथोरिटी अफ इन्डियामा सेवारत छन्। निर्देशक सिंहको आगमनसँगै पाकिम विमानस्थलमा हवाई सेवामा धेरै नयाँ सुधार र निरन्तरताको अपेक्षा गरिएको छ। उनले इन्चार्ज निर्देशक बीटी पोटेको ठाउँमा स्थायी निर्देशकको जिम्मेवारी सम्हालेका छन्। प्राप्त जानकारी अनुसार उनले आज राज्यपाल लक्ष्मणप्रसाद आचार्यसँग भेट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *