सिलगढी: समाजसेवी बंकिम सिंहमाथि आक्रमण भएको एक महिनापछि अभियुक्त पक्राउ परेका छन् । बागडोग्रा पुलिसले आरोपितलाई भुवनेश्वर, ओडिशाबाट पक्राउ गरेको हो। अभियुक्तको नाम रजत चक्रवर्ती हो । पेशाले वकिल हुन्। उल्लेखनीय छ, रजत चक्रवर्तीले ३ तारिक राति बागडोग्राको गोसाइपुर चेकपोष्ट नजिकैको पेट्रोल पम्पमा मटिगाको रंगिया निवासी समाजसेवी बंकिम सिंहमाथि कुटपिट गरेका थिए। त्यसपछि गम्भीर घाइते बंकिम सिंहलाई सिलगढीको नर्सिङ होममा भर्ना गरिएको थियो। जहाँ उनको १० अप्रिलमा मृत्यु भएको थियो ।यहाँ, पेट्रोल पम्पमा जडान गरिएको सीसीटीभी क्यामेरामा सम्पूर्ण घटना कैद भएको छ। आक्रमणको भोलिपल्ट परिवारले उजुरी दिएका थिए। उजुरीपछि पुलिसले अनुसन्धान शुरु गरेको थियो। धारा ३०७ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।अर्कोतर्फ घटनापछि आरोपी फरार छन्। पुलिसले ४ तारिक आक्रमणका क्रममा प्रयोग गरेको कार बरामद गरेको थियो।

अनुसन्धानमा संलग्न पुलिसले रजत चक्रवर्तीलाई उनको मोबाइल नेटवर्कको सहयोगमा गत शुक्रबार ओडिशाको भुवनेश्वरबाट पक्राउ गरेको थियो। उनलाई शनिबार भुवनेश्वर अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा बागडोग्रा पुलिस थानामा ल्याइएको थियो। अभियुक्तलाई आइतबार सिलगढी अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।