कोरोनाको १३६ नयाँ मामिला, कासैकाे मृत्यु भएन
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,३७,७७६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरलामा कासैकाे मृत्यु भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,५८९ पुगेको छ। यसरी नै यस अवधिमा १३५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४५,०३,३४८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या १ले बढेर ८३९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ११,८३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,९१,३३३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १३ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६८,९४,०७३ जनाले यो खोप लगाइसकेको छन्।











