अध्यात्मलाई राजनीतिमा ल्याए राजनीतिको रूप बदलिन्छ: मुख्यमन्त्री प्रेमसिंह तामाङ

brahamakamara-sasathana-ka-avalkana-karata-saema-parama-saha-tamaga_e98fcb5d77569806ece5b379bdf7e61f.jpeg

माउन्ट आबुमा दुई दिने बसाइमा परिवारसहित आएका सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भने, ‘म विश्वास गर्छु, सज्जन व्यक्तिले नम्र राजनीति गर्छन्। समाज सेवा गर्ने यो एक मात्र तरिका हो। राजनीतिलाई धर्ममा ल्याउनु हुँदैन, अध्यात्मलाई राजनीतिमा ल्याए राजनीतिको रूप बदलिन्छ।‘ ज्ञानसरोवरमा ब्रह्मा कुमारी संस्थानका मानिसहरूसँग कुरा गर्दै उनले भने। माउन्ट आबुको आफ्नो दुई दिने भ्रमणको क्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले अध्यात्म र ध्यानमा बढी समय दिए। उनी माउन्ट आबुस्थित ब्रह्माकुमारी संस्थानको अन्तर्राष्ट्रिय मुख्यालय ज्ञानसरोवर र माउन्ट आबु मेडिटेशन हलमा लामो समय बसे। उनीसँगै उनकी धर्मपत्नी कृष्णा पनि थिइन्।

यसका साथै नक्की तालमा डुङ्गा चलाउँदै प्रकृतिको रमाइलो रसस्वादन गरे। ज्ञानसरोवरपछि उनले ग्लोबल हस्पिटल र पाण्डव भवनमा पनि गएर केही समय ध्यान गरे। त्यसपछि उनी उदयपुर गए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *