सूरत: लोकसभा चुनावको तेस्रो चरणको मतदान अघि गुजरात पुलिसलाई ठूलो सफलता हात लागेको छ। सुरत अपराध शाखाले देशका हिन्दुत्व नेता तथा भाजपा नेताहरुको ज्यानमा धम्की दिने षड्यन्त्र रचेको अभियोगमा मोहम्मद शोहेल उर्फ मौलवी अबुबकर टिमोललाई सुरतको कथोरबाट पक्राउ गरेको छ। सोहेल अबुबकर मौलवीले पूर्व भाजपा नेता नुपुर शर्मा, भाजपा विधायक टी राजा सिंह, हिन्दुत्व नेता उपदेश राणाको हत्या गर्ने षड्यन्त्र रचेको आरोप छ। आरोपितको नेपाल, पाकिस्तानलगायत धेरै देशमा बसोबास गर्ने कट्टरपन्थीसँग सम्पर्क रहेको पनि आरोप छ। हिन्दू सनातन संघका राष्ट्रिय अध्यक्ष उपदेश राणाको हत्याका लागि एक करोड रुपियाँको सुपारी दिने र पाकिस्तानबाट हतियार माग गरेको उनको मोबाइल फोनबाट भएको कुराकानी पनि पुलिसले फेला पारेको समाचार उल्लेख छ। उपदेश राणालाई पनि कमलेश तिवारीजस्तै पाकिस्तान, नेपाललगायत देशका कट्टरपन्थी ह्वाट्सएप ग्रुपमा थपेर मार्ने धम्की दिइएको आरोप छ। निलम्बित भाजपा नेता नुपुर शर्मा, भाजपा विधायक टी राजा सिंह र अन्यलाई मार्ने र धम्की दिने षड्यन्त्र पनि रचिएको पनि आरोप छ। सुरतका पुलिस कमिश्नर अनुपम सिंह गहलोतले भने, ‘सुरत शहर अपराध शाखाले एक व्यक्तिको कार्य राष्ट्र विरोधी भएको जानकारी पाएको थियो, र त्यसैले उनलाई निगरानीमा राखिएको छ। उनलाई सुरतको चोक बजार क्षेत्रबाट हिरासतमा लिई उनको मोबाइल जफत गरिएको छ। उनी पाकिस्तान र नेपालका मानिसहरूसँग कुराकानी गरिरहेका थिए। उनको योजना पहिले हिन्दू सनातन संघका राष्ट्रिय अध्यक्ष उपदेश राणालाई लक्षित गर्ने थियो।‘










