विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या

Designing Zone - 3

पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकार सहित तीन जनाको मृत्यु भएको छ। घटनामा आठ जना घाइते भएका छन्। वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार शहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ पुलिस अधिकारीले बताए। उनले भने, ‘यस विस्फोटमा मौलाना मेङ्गल र अन्य दुई यात्रुको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिएको छ। मेङ्गल जमियत उलेमा–ए–इस्लामको प्रान्तीय अधिकारी पनि थिए। उनी स्थानीय पत्रिका ‘वतन’का लागि पनि लेख लेख्थे । यो आक्रमण विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भएको हो। एक पुलिस अधिकारीले मेङ्गललाई उनको मिडिया कामको कारणले वा जमियत उलेमा–ए–इस्लामको एक अधिकारीको रूपमा काम गरेको कारणले निशाना बनाइएको बारे अनुसन्धान भइरहेको बताए। बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्तीले आक्रमणको कडा निन्दा गर्दै पुलिस महानिरीक्षकलाई दोषीलाई पक्राउ गर्न निर्देशन दिएका छन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement