मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण कुमारी राईले गरे वृक्ष रोपण

n60576089217148423198999f0cf61fb608e5e6989aff53915d363d8f46af88487fea31e573b0d2eb873c63.jpg

गान्तोक: राजस्थानको माउण्ट अबुस्थित प्रजापिता ब्रह्मकुमारिस इश्वरीय विश्व विद्यालय, अन्तरराष्ट्रिय मुख्यालयको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण कुमारी राईले शनिवार वृक्ष रोपण गरेका छन्।

उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

मुख्यमन्त्रीले ज्ञान सरोवर कम्प्लेक्सस्थित जानकी उद्यानमा वृक्ष रोपण गरे। यसपछि उनले माउण्ट अबुको आर्ट ग्यालेरी र प्रसिद्ध ग्लोबल हस्पिटलको भ्रमण गरे। मुख्यमन्त्रीले यसलाई ब्रह्मकुमारिसको रचनात्मकताको प्रमाण बताउॅंदै यहॉं अविस्मरणीय अनुभव प्राप्त गरेको बताएका छन्।

About Author

Advertisement